बृहत यौनिकता शिक्षा सम्वन्धी अभिमुखिकरण गोष्ठी संञ्चालन

Posted on: 31 Oct, 2017

सम्राट सिंह/कात्तिक १४, धनगढी । बृहत यौनिकता शिक्षा सम्बन्धि सुदुर पश्चिमका ३ जिल्ला र मध्यपश्चिमको १ जिल्लाका क्रियाशिल पत्रकारहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन भएको छ । 

युएनएफपिएको आर्थिक सहयोग तथा आर्डरा नेपालको संयोजनमा भएको उक्त अभिमुखिकरण कार्यक्रममा किशोर किशोरी प्रजनन् स्वास्थ्य सम्वन्धि कलम चलाउन विषेश परामर्श भएको छ । यूएन एफपिए कार्यक्रम लागु भएका विभिन्न जिल्लाहरुमा बृहत्तर यौन शिक्षा सम्वन्धी अभिमुखीकरण कार्यक्रममा संचालन भए अनुसार सो जिल्लाका पत्रकारहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन भएको यूएन एफ पिएले जनाएको छ । 

कार्यक्रममा रुकुम, बैतडी, बझाड, बाजुरा र अछामका २० जना कृयासिल पत्रकारहरुको सहभागीता रहेको छ । धनगढीको दिनेश कटेजमा भएको उक्त कार्यक्रममा डाक्टर खेम बहादुर कार्की सहित स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकार अतुल मिश्र र पदमराज जोशीले सेसन  लिएका थिए । 

ग्रामिण भेगमा किशोर किशोरीहरु र उनिहरुका परिवारमा यौन शिक्षा सम्वन्धी अझै खुलेर कुराकानी हुन नसक्दा  किशोर किशोरीको भविस्यमा समस्या परेको महसुस गरि यौन शिक्षा लाई सवैले बुझि सहजरुपमा लिनु पर्नेमा कार्यक्रममा जोड दिएको थियो  । 

यौन शिक्षाकै अभावले वाल विवाह बहुविवाह हिंसा हत्या समेत भएकाले यसलाई मानविय आवश्यकताका आधारमा बुझि यसको असर र प्रभावबारे जानकारी दिनु पर्नेमा छलफल भएको थियो । 

साथै लिड्ग र लैगिकतामा  आधारित विभेद सहित  स्वास्थ्य समाचार भित्र यौन शिक्षा सम्वन्धिका समाचारहरु अझै खुलेर  नआएका हुदाँ युवाहरु लाई सचेत र सजग गर्ने खालका  यौन शिक्षा सम्वन्धी समाचारहरु लेख्नु पर्ने अवको आवश्यकता रहेको युएन एफपिएका क्षेत्रिय प्रमुख डिलिप पन्तले वताए  । युएनएफपियले  आर्थिक सहयोग गरि रहेका जिल्लामा किशोर किशोरी तथा यौन प्रजनन स्वास्थ्य सम्वन्धी विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन हुदै आएका छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!