अत्याधिक मदिरा सेवनबाट तेह्रथुममा एकको मृत्यु

Posted on: 01 Apr, 2016

प्रकाश धौलाकोटी/ चैत १९, तेह्रथुम । तेह्रथुममा अत्याधिक मदिरा सेवन गरेका एक व्यक्तिको शुक्रबार निधन भएको छ ।

यहाँको हलिमेलाबाट धरानकालागि चल्ने को १ ख २७८० नंम्बर को बसका सहचालक ३५ बर्षिय महेन्द्र चौधरीको मदिरा सेवनकै कारण बिहीबारराति १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ ।

मोरङको भाउन्ने घर भएका चौधरी बिगतका केहि बर्ष देखी उक्त बसमा काम गर्दै आएको चौधरी बिहीबार मदिरा सेवनपछि अस्वस्थ भएका थिए । उनको उपचारका लागि जिल्ला अस्पतालमा ल्याईएकोमा उपचार कै क्रममा निधन भएको प्रहरी निरीक्षक जनक पुरीले बताए । प्रहरीका अनुसार मृतक चौधरीको शव पोष्टमार्टम गरि शुक्रबारै आफन्तलाई बुझाईएको छ ।

निरन्तर मदिरा सेवनका कारण चौधरीको शारीरिक अबस्था केहि महिना देखि नै कमजोर रहेको बसका चालकले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!