सर्लाहीमा आमाको मलामी गएका छोराको ट्याक्टर पल्टँदा मृत्यु, सात जना घाईते

Posted on: 01 Nov, 2017

कात्तिक १५, सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको कालिञ्जोर पुलमा मलामी बोकेको एउटा ट्याक्टर पल्टँदा  १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । 

लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा भएको दुर्घटनामा महोत्तरी बर्दिवास नगरपालिका–५ चेरुमाइथान घर भई काठमाडौ काँडाघारी बस्ने ७३ वर्षका कृष्णप्रसाद पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नी आमाको मृत शव अन्तिम संस्कारका लागि सर्लाहीको बागमती खोलातर्फ लैजाँदै गर्दा ट्याक्टर पल्टिएर पौडेलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते ३१ वर्षीय सुवास पौडेललाई हेटौंडा र ५७ वर्षका मोहनप्रसाद पौडेललाई उपचारका लागि काठमाडौ ल्याइएको छ । अरु घाईतेको नमूना अस्पताल हरिवनमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

मलामी बोकेर आइरहेको ज १ त ७४७० नम्वरको ट्याक्टर कालिन्जोर पुलनजिकै रोकिराखेको ट्रकमा पछाडिबाट ठोक्किएर सडक मुनि खसेको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!