चौरजाहारीबाट छुटेको बस सल्यानमा दुर्घटना, १५ यात्रु घाईते

Posted on: 01 Nov, 2017

इन्द्र बुढाथोकी/कात्तिक १५, सल्यान । सल्यानमा यात्रुबाहक बस सदाको भित्तामा ठोक्किँदा १५ जना यात्रु घाइते भएका छन् ।

रुकुमको चौरजाहारीबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख २७६८ नम्बरको बागेश्वरी यातायातको गाडी बुधबार साँझ ९ बजे तिर कुमाखमालिका गाउँपालिका २ कोइर्‍याल खोला नजिकै सडकको भित्तामा ठोक्किँदा १५ जना यात्रु घाइते भएका हुन् । 

यात्रुहरुलाइ अहिले ६५७३ नम्बरको गाडीले गन्तव्य स्थान तिर पुर्‍युदै छ । यात्रुहरुलाइ उधारमा कठिनाइ भएको छ । घाइते यात्रुहरूको टाउको फुटेको, ढाड भाचिएको, हातखुट्टा भाँचीएको छ भने घाइतेहरुलाइ बसमा लिंदा समस्या हुने र एम्बुलेन्स नभएकोले समस्या भएको यात्रु प्रकाश मल्लले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!