शैनिक संघको चौथो अधिवेशन सम्पन्न

Posted on: 01 Apr, 2016

चैत १९, तेह्रथुम । नेपाल भुतपुर्व सैनिक संघ तेह्रथुमको चौथो अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशनले चहकमान गुरुङ को अध्यक्षतामा २१ सदसिय समिती चयन गरेको छ । अधिबेशनबाट आगामी बैसाखमा हुने सैनिक संघको महाधिबेशनका लागि कृष्ण बहादुर गुरुङ,ज्ञानेन्द्र बहादुर गुरुङ, धन प्रसाद लिम्बु ,हिरा बहादुर गुरुङ र चन्द्रमाया गुरुङलाई चयन गरिएको छ ।

अधिबेशन नेपाल भुतपुर्व सैनिक संघका केन्द्रिय सदस्य केवलराम गुरुङको आथित्यतामा सम्पन्न भएको थियो । तेह्रथुमको म्याङ्गलुङमा आज किशारीहरुका लागि २ दिने चेतनामुलक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला बेचबिखन, घरेलु तथा यौन हिंसा, लगायतका विषयहरुमा छलफल गरीएको थियो ।

महिला तथा बालबालिका कार्यालय तेह्रथुमको आयोजनामा भएको कार्यक्रममा ओयाक्जुङ्ग ओख्रे र म्याङ्गलुङ नगरपालिकाका विभिन्न वडाका किशोरीहरुको सहभागीता रहेको थियो । अन्तक्रिया कार्यत्रमको सहजीकरण महिला विकास अधिकृत जानकी राठी र महिला विकास निरीक्षक चन्द्रकला सुब्बाले गर्नुभएको थियो

यस बिषयमा तपाइको प्रतिक्रिया...!