सल्यानका एक व्यक्ति भेरी नदिमा बेपत्ता

Posted on: 03 Nov, 2017

इन्द्र ब बुढाथोकी/कात्तिक १७, सल्यान । सल्यान बनगाड कुपिन्डे नगरपालिका वडा न २ भर्सिलका एक व्यक्ति भेरी नदिमा बेपत्ता भएका छन । 

बेपत्ता हुनेमा अन्दाजी ४७ वर्षका देब ब राना रहेका छ्न । हिजो बिहान घरबाट सामान लिना भनेर सुर्खेतको तार्कुलामा गएका थिए । 

सामान लिएर घर फर्किदै गर्दा भेरी नदिमा पौडी खेल्दा बिहिवार साझ ६ बजेको समयमा बेपत्ता भएको बेपत्ता छोरा गोविन्द रानाले जानकारी दिएका छ्न ।

बेपत्ता रानाको अहिले ईलाका प्रहरी कार्यालय देवस्थल र स्थानीय बासिले खोजी काॠ गरि रहेका छ्न

यस बिषयमा तपाइको प्रतिक्रिया...!