डोटीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ८ घाइते

Posted on: 04 Nov, 2017

प्रकाश बम/कात्तिक १८, कात्तिक । डोटीको केआई सिंह गाउँपालिकाको देउरडीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन । 

केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायल तर्फ आइरहेको से १ ज २६५ नं. को बोलेरो जीप आज बिहान करीब ११ बजे तिर सोही गाउँपालिकाको वडा नं. ३ देउरडीमा दुर्घटना भएको हो । 


मृत्यु हुनेमा आदर्श गाउँपालीका १ सालगाउँकी १९ बर्षिय अनिता खड्का, केआई सिंह गाउँपालीका १ का ५५ बर्षिय गाडी चालक खेमराज ओझा र बोगटान गाँउपालीका ६ गगुडाका २५ बर्षिया रोसन ताम्राका रहेका छन् । 

दुर्घटनामा घाइते भएका ८ जना मध्य ३ जनाको अबस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गम्भिर घाईते २ जनालाई थप उपचारका लागि नेपालगंज पठाइएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!