एसएलसी परीक्षामा ठुलो संख्यामा विद्यार्थी अनुपस्थित

Posted on: 02 Apr, 2016

प्रकाश धौलाकोटी/चैत २०, तेह्रथुम । यसवर्षको एसएलसी परीक्षामा तेह्रथुमका ८० बढी विद्यार्थी अनुपस्थित भएका छन् । परीक्षामा सामेल हुन आवेदन दिई परीक्षा दस्तुर समेत बुझाईसकेका विद्यार्थी नै ठुलो संख्यामा अनुपस्थित भएका हुन् ।

परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षामा ८२ र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा ८० जना विद्यार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । नियमित र एक्जाम्टेड गरी यत्तिको संख्यामा विद्यार्थी परीक्षामा अनुपस्थित भएको जिल्ला शिक्षा अधिकारी खडानन्द पराजुलीले बताए ।

एसएलसी दिनका लागी फारम भरेका यति धेरै बिद्यार्थीहरु परिक्षामा सहभागी नहुनु आश्चार्य भएको भन्दै यसको कारण पत्ता लगाउनु जरुरी देखिएको जिशिअ पराजुलीले बताए । विद्यार्थीहरु परीक्षाको आवेदन दिएर बैदेशिक रोजगारीमा गएका कारण यत्तिका धेरै बिद्यार्थी अनुपस्थीत भएको हुनसक्ने उनले जानकारी दिए ।

यसवर्षको एसएलसी परिक्षामा तेह्रथुमबाट कुल ३ हजार १ सय ५८ जना बिद्यार्थी परीक्षामा सहभागी हुने भनिएपनि रेगुलर तर्फ १ हजार ९ सय ४२ र एक्जामटेड तर्फ १ हजार १ सय ३४ जना मात्र बिद्यार्थीं सहभागी भएका छन् । जिल्लामा यस बर्ष १५ वटा परिक्षा केन्द्रमा सामुदायीक तर्फ ४६ वटा सस्थागत तर्फ ६ वटा, प्राबिधीक धार र खुल्ला तर्फ एक एक वटा बिद्यालयहरुको सहभागी हुने परिक्षा शाखा अधिकृत लिला पोख्रेलले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!