गोरखामा झडप, दुई पक्षबीच खुकुरी हानाहान, तीन घाइते

Posted on: 05 Nov, 2017

कात्तिक १९, गोरखा | गोरखाको भीमसेन गाउँपालिकामा युवाहरु बीच सामान्य बिषयमा झडप हुँदा तीन युवा घाइते भएका छन् ।

भिमसेन गाउँपालिकाको केन्द्र बगुवा ५ घ्याम्पेसालमा सर्ने बिषयमा स्थ्यानियाबीच बिबाद हुँदा युवाहरी बीच खुकुरी हानाहान भएको हो ।

खुकुरी प्रहारबाट स्थानीय युवा सुविन बानिया, सुमन वन्त र सुजन श्रेष्ठ घाइते भएको इन्स्पेक्टर महेश्वर उपाध्यायले जानकारी दिनुभयो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!