सालकको खपेटासहित तेह्रथुमबाट एक जना पक्राउ

Posted on: 02 Apr, 2016

प्रकाश धौलाकोटी/चैत २०, तेह्रथुम । सवारी चेकजाँचका क्रममा सालकको खपेटासहित संखुवासभाको चेपुवा–६ का रिडार डण्डी भोटेलाई प्रहरीले पक्राउ गरेको छ ।

धरानबाट तेह्रथुम हुँदै संखुवासभातर्फ जाँदै गरेको बस चेक जाँचका क्रममा बस भित्र लुकाएर लाँदै गरेको अवस्थामा एक किलो ६०० ग्रामको सालकको खपेटासहित भोटेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

को. १ ख ३४९१ नम्बरको बस सभाखोलामा चेक जाँच गर्नेक्रममा बसभित्र सवार भोटेको साथबाट बोराभित्र लुकाई राखेको अवस्थामा उक्त सामान बरामद भएको संखुवासभा प्रहरीले जनाएको छ ।

बरामद सामानसहित भोटेलाई अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!