एउटै बाख्राले ५ वटा पाठा जन्माएपछि

Posted on: 09 Apr, 2016
प्रकाश धौलाकोटी । चैत २७, तेहथुम । एउटा बाख्राको माउले कति वटा पाठा जन्माउन सक्ला ? तपाइको अन्दाज हुनसक्छ, एक, दुई वा तीन वटासम्म । तर तेह्रथुमको आङ्दिममा एक किसानको एउटै बाख्राले ५ वटा पाठापाठी जन्माएपछि स्थानीयबासी चकित परेका छन् । आङ्दिम–७, डङडङेका कला सेर्पाले पालेको बाख्राले शुक्रबार २ पाठा र ३ पाठी जन्माएपछि स्थानीय अचम्मित परेको डालेश्वर लिम्बुले बताउनुभयो । सेर्पाको बाख्राले यस अघि १ देखी ३ वटा सम्म मात्र जन्माउने गरेको थियो । सबै पाठापाठी तन्दुरुस्त भएको र यसअघि गाँउमा यस्तो कसैको बाख्राले पनि नजन्माएकोले अचम्मित भएको लिम्बुले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!