धादिङको ज्वालामुखी-४ ढोलामा खुँडा प्रहारबाट ६ जना घाइते, ३ जना गम्भीर

Posted on: 10 Nov, 2017

कात्तिक २४, धादिङ | धादिङको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ज्वालामूखी–४ ढोलामा बिहीबार राति भएको झगडामा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये ३ जनाको स्थिति गम्भीर छ ।

ढोला गाउँ बिकास समितिका पूर्व अध्यक्ष टंकनाथ अधिकारीसँग गाउँका युवाहरुको विवाद हुँदा एक आपसमा झगडा भएको थियो । गाउँको सहकारीको विषयमा विगतदेखि नै विवाद भएको र युवाहरुको यस कुरामा चित्त नबुझेपछि घटना भएको प्रहरीले प्रारम्भीक अनुसन्धानबाट जानकारी दिएको छ । विवाद भएपछि खुँडा प्रहार भएको थियो । 

खुडा प्रहारबाट घाइते हुनेहरुमा २५ वर्षीय नविन श्रेष्ठ, ४६ वर्षीया पार्वती भट्ट, ४८ वर्षीय नारायण भट्ट, ५२ वर्षीय बलराम श्रेष्ठ, ६२ वर्षीय टंकनाथ अधिकारी र ३२ वर्षीय भिमबहादुर भट्ट छन् । 

घाइतेहरुमध्ये नविन, नारायण र पार्वतीको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । 

- फाइल तश्विर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!