फाक्चामारामा ऐतिहाँसिक सत्यहाङ्गमा मेला

Posted on: 11 Nov, 2017

कात्तिक २५, तेह्रथुम । तेह्रथुमको छथर गाँउपालिका–४, फाक्चामारामा लाग्दै आएको ऐतिहासिक सत्यहाङ्मा मेला यो वर्षपनि सन्चालन हुने भएको छ । 

मंसिर २४ गतेबाट सुरु हुने मेलामा विभिन्न धार्मिक तथा सांस्कृतिक र खेलकुद कार्यक्रमहरु सन्चालनको तयारी भइरहेको आयोजकले जनाएको छ । 

मेलाको अवसरमा खुल्ला पुरुष फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता, ढोलनाच प्रतियोगिता र चासोक तङनाम अष्टयोग्य शान्ति पाठ पुजा लगायतका कार्यक्रम तयार गरिएको थोक्चोलुङ तोपा माङहीम तथा खेलकुद विकास समितिका अध्यक्ष देवेन्द्र लिम्बुले बताउनुभयो । 

फुटबल प्रतियोगितातर्फ विजेताले नगद ४० हजार र उपविजेताले २५ हजार रुपैयाँ सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । नृत्य प्रतियोगितातर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु. १० हजार, ६ हजार र ३ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । मेलामा तेह्रथुम, पाँचथर र धनकुटाका मानिसहरु आउने गर्दछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!