कैलाली बस दुर्घटना अपडेट: तीन जनाको मृत्यु, सबैको सनाखत

Posted on: 12 Nov, 2017

कात्तिक २६, डडेल्धुरा । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका ३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा  ३ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।

मृतक तीनै जना महिला हुन् । क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मृत्यु हुनेमा शिवनाथ नगरपालिका ६ बैतडीकी ६४ वर्षीय झुन्टीदेवी चन्द, पाटन नगरपाालीका ५ की १९ वर्षीय रेवति भाट र बैतडीकै पञ्चेश्वरगाउँपालिका ४ की २४ वर्षीय कविता तिवार रहेका छन् ।


दुर्घटनाका घाइते ३२ मध्ये ५ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार, गम्भीर घाइते २ जनालाई थप उपचारका लागि भारतको हलद्वानी लगिएको छ भने बाँकीको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेर आइतबार बिहान दुर्घटना भएको थियो । चलक घाइते भएकाले दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!