माथिल्लो डोल्पामा हेलो नेपालको सेवा बिस्तार हुँदै, स्थानियहरु खुशी

Posted on: 13 Nov, 2017

टेक शाही/कात्तिक २७, डोल्पा । सञ्चारको सेवाबाट बञ्चित रहेका माथिल्लो डोल्पाका जनताले सञ्चार सेवा पाउने भएका छन । 

बिगत २ बर्ष देखि बन्द अबस्थामा रहेको होलो नेपाल नामको एक निजि कम्पनीले माथिल्लो डोल्पालाइ सञ्चारमा जोड्ने भएको छ । माथिल्लो डोल्पाका स्थानियको अथक प्रयास पश्चात आइतबार ६ जना प्राबिधिकको टोली माथिल्लो डोल्पामा पुगको डोल्पोबुद्ध गाँउपालिकाका वडा अध्यक्ष ग्यालबो भोटेले जानकारि दए । 

उनका अनुसार हेलो नेपालका प्राबिधिकको टोलीले २–२ जनाको टोली बनाइ माथिल्लो डोल्पाको बिभिन्न ठाँउमा अध्ययन गरि सेवा स्तिार गर्ने बताए । माथिल्लो डोल्पाका बिभिन्न ब्यक्ति र काईके गाँउपालिकाका स्थानिय अगुवा ओम रोक्का मगरको बिषेश पहलमा हेलो नेपालले माथिल्लो डोल्पामा बिभिन्न स्थानमा सेवा बिस्तार गर्न लागेको रोक्का मगरले जानकारि दिए । 


उनले भने यसमा आफ्ना स्वार्थ नरहेको तर जनताले सेवा पाउनु पर्ने बताए । पछिल्लो केहि महिना देखि राजधानिमा बसेर सञ्चार र अन्य बिकासे सबै कार्यालयमा पुगेका ओम मगर सरकारी सबै निकायका ढोका ढकढक्याएको बताउछन । उनि भन्छन सबै क्षेत्रमा पहल भयो कसैले कुरै सुनेनन तर सञ्चार क्षेत्रमा भने केहि सुनसवाइ हुने आसा पलायो । अब नमस्तेको सेवा पनि बिस्तार हुने र हेलो नेपालले काम सूरु गरि सकेकोमा खुसि ब्यक्त गरे ।

“राज्यसँग गुहार गर्दा थाकी सकेका थियौ,तर सपना पुरा गराएरै छाड्ने अठोट भने टुटेको थिएन्,ढिलै भएपनि राज्यले हाम्रो पिडा सुननिदियो ।” नयाँ टावर राख्न र बिग्रेका टावर मर्मतकालागि उपल्लो डोल्पाबाट तल्लो डोल्पा र तल्लो डोल्पाबाट काठमान्डौँ पुग्दा झन्डै पाँचलाख जती खर्च भएको उहाँले बताए । उनले भने आफनो खर्च ठुलो नभएको तर जनताले पाउने सेवा महत्वपूर्ण भएको बताए । अब थोरै भए पनि माथिल्लो डोल्पाका जनताले सञ्चारको स्वाद लिन पाउनेमा उनले खुसि ब्यक्त गरे । 

बिगत ५ बर्ष भन्दा पहिले तल्लो डोल्पाका सू,काईगाउ,सर्मि,रह,शहरतार र माथिल्लो डोल्पाको बिजेर साल्दाङ्ग,धो,छार्का,कागकोट र फोक्सुडोमा बिटिएस राखेर मोबाइल सेवा प्रदान गर्दै आएको थियो । तर पछिल्लो २ बर्ष देखि यो सेवापनि बिच्छेद गरिए पछि माथिल्लो डोल्पा सञ्चार बिच्छेद भएको स्थानिय आङ बहादुर लामाले बताए । उनले भने कुनै पनि सञ्चारका माध्यायम नभएको बेलामा हेलो नेपालले बिस्तार गर्न लागेको सेवा नै भोट बासिका लागि मह्त्वपूर्ण रहने बताए । 

छ बर्ष अघि देखि डोल्पाका दर्जन धेरै ठाउँमा राखिएका हेलो नेपालका टावरहरु मर्मत गरेर एक हप्ता भित्रै सुचारु गर्ने प्राविधिक टोली डोल्पा पठाईसकेको हेलो नेपालका निर्देशक मधु प्रदानले जानकारी दिए । उनका अनुसार बिचमा केहि प्राबिधिक समस्या आएको र अब सके सम्म प्रभाकारि सेवा प्रदान गर्ने बताए । 


प्रधानले प्राविधिक टोलीले संञ्चारको सुविधा नभएका माथिल्लो र तल्लो डोल्पाका बाँकी क्षेत्रहरुमा समेत नयाँ टावर स्थापनाकालागि स्थलगत अध्ययन् गर्ने समेत उनले जानकारि दिए । मोबाइल सेवा प्रदान गर्ने निजि कम्पनीहरुमा हेलो नेपाल पनि पर्दछ । दुर्गम र हिमाली तथा पहाडी जिल्लामा हेलो नेपालले ६ बर्ष पहिले देखि सेवा प्रदान गर्दै आएको छ । 

बिगत ६ बर्ष भन्दा पहिले सेवा बिस्तार गरेको हेलो नेपालका डोल्पामा रहेका टावरहरुका अधिकाँश सामाग्रीहरु हराएका छन । त्यसै गरि अलपत्र अबस्थामा रहेका सामाग्रिहरुको अबस्था हेरि फेरि सेवा सुचारु हुन लागेको देख्दा डोल्पाली जनता चकित भएका छन । अन्य मोबाइल सेवा भन्दा महगो  भए पनि भरपर्दो रुपमा केहि बर्ष प्रयोग गरेका डोल्पालीहरुले फेरि त्यो सेवा पाउने भएका छन । 

हेलो नेपालको सेवा बिस्तार हुन लागे पछि अब हेलो नेपालमा इन्टरनेट सेवा पनि हुनु पर्ने धेरै ग्राहकको माग रहेको छ । त्यसका साथै अब जिल्लाका सबै क्षेत्रमा थ्रीजि इन्टरनेट सहितका नमस्ते र स्काइ मोबाइलका बिटिएस बिस्तार गर्न पनि डोल्पाली जनताले माग गरेका छन । 

माथिल्लो डोल्पामा हाल सञ्चारका कुनै पनि माध्यायम छैनन । माथिल्लो डोल्पामा सञ्चारका कुनै पनि माध्यायम नभए पछि अलग्गै देशका नागकिर जस्तो भएको महसुस हुने बिभिन्न गैरसरकारी निकायका कर्मचारिहरुको अनुभब रहेको छ । 

सञ्चारका माध्यायम नै नभए पछि सुचनाबाट बञ्चित भएका छन माथिल्लो डोल्पाका जनताहरु । भुगोल सँगै राज्यले पनि पछाडि पारेको माथिल्लो डोल्पाबासिको खुदेसो छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!