दोलखामा नगदसहित ८ जुवाडे पक्राउ

Posted on: 13 Nov, 2017

ताराबहादुर महत । कार्तिक २७, दोलखा । दोलखामा प्रहरी सक्रियताले सामाजिक विकृति फैलाउनेहरु धमाधम पक्राउ पसररहेका छन ।

विशेष गरी चाडपर्व, जात्रा, उत्सव लगायतका नाममा जुवातास खेल्ने क्रम बढेसँगै प्रहरीले त्यस्ता अपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरेको हो ।  शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ चरङ्गेमा खाल थापी कौडा खेलीरहेको अवस्थामा प्रहरीले आईतबार साँझ ८ जनालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बैत्यश्वर गाउँपालिका –६ का कल्याण तामाङ, राम सुवेदी, विष्णु भुजेल, शिव सुवेदी, दिनेश घिमिरे रहेका छन । त्यसैगरी भिमेश्वर नगरपालिका वडा नम्बर ५ का ताराप्रसाद शर्मा, भिमेश्वर नगरपालिका वडा नम्बर ३ का मेघबहादुर बुढाथोकी र शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ का कृष्णबहादुर तामाङ पनि पक्राउ परेका छन ।

पक्राउ परेकाहरुको साथबाट ७९ हजार ३ सय ९५ रुपैँया नगद पनि बरामद गरिएको प्रहरी प्रमुख कार्कीले बताउनुभयो । पक्राउ परेकाहरुलाई जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!