१० लाख घुष लिंदालिंदै वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

Posted on: 15 Nov, 2017

कात्तिक २९, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएपछि पक्राउ गरिएको अख्तियार श्रोतले जानकारी  दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!