३ आँखा र सिङ्ग अनि २ मुख भएको अनौठो गाई गुल्मीमा, हेर्नहरुको भिड

Posted on: 16 Nov, 2017


प्रेम सुनार | कात्तिक ३०, गुल्मी | गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाईलाई  प्रत्यक्ष अवलोकन गरी  दर्शन गर्न मानिसहरुको भिड लागेको छ ।मकवानपुर हेटौडा उपमहानगर पालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले ल्याएको ३ आँखा र सिङ्ग, २ मुख भएको गाईलाई देखाउदै गुल्मीका स्थानीय वामीटसार बजार र कुर्घा लगायतका स्थानहरुमा मेला अनौठो प्रकारको गाई हेर्न मानिसहरुको भिड लागेको थियो ।

मन्दिरको सहयोगार्थ लागि अनौठो प्रकारको गाई लिएर गुल्मीका विभिन्न स्थानहरुमा गाईलाई गाडीमा हालेर गुल्मीको मुसिकोट नगरपालिकाका विभिन्न स्थानीय बजार तथा चोक–चोकमा आम सर्वसाधरणहरुलाई देखाउने र हेर्ने आमसर्वसाधारणले हेरेर आफू सक्दो भेटी चढाउने मन्दिर समितिका सदस्य सिताराम दाहालले जानकारी दिनुभयो ।

२०६८ फाल्गुन १६ गते स्थानीय व्यक्तिको घरमा जन्मेको गाईलाई मन्दिर समितिले संरक्षण गरेर जोगाउदै आम सर्वसाधरण सबैलाई देखाउदै ठाउँ ठाउँमा देखाउदै गाई हेरेर गाईलाई चढाएको भेटी संकलन गरेर मन्दिरको वृद्धि र विकासको संकलित खर्च गर्ने उद्देश्यका गाईलाई लिएर हिडिरहेको मन्दिर समितिका सदस्य दाहालले जानकारी दिनुभयो ।

गाईले नबेहुदै दुध दिने गाई जन्मेको ९ महिनादेखि गाईको कचौडो बढेको र दैनिक रुपमा आधा माना दुध दिने गरेको समेत मन्दिरका सदस्य दाहालले जानकारी दिनुभयो ।

साथै विभिन्न ठाँउमा गाईलाई लिएर हिड्दा गाई अनौठौ र धार्मिक हिसावले धेरैले राम्रो मानेको र गाई हेर्न मानिसहरु उत्साहित हुने गरेको मन्दिर समितिका सदस्य सिताराम दाहालले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!