अनेरास्ववियु क्रान्तिकारीको ८ औँ जिल्ला सम्मेलन जेठमा

Posted on: 11 Apr, 2016

प्रकाश धौलाकोटी, चैत २९, तेह्रथुम । एकिकृत नेकपा माओवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु क्रान्तिकारीको ८ औँ जिल्ला सम्मेलन जेठ दोस्रो साता हुने भएको छ ।

जिल्ला सम्मेलन आयोजक समितिको बैठकले जेठको १२ र १३ गते सदरमुकाम म्याङलुङमा सम्मेलन आयोजना गर्ने टुंगो लगाएको हो । ‘क्रान्तिकारी विद्यार्थी बीचको एकता निशुल्क शिक्षाकोलागि हाम्रो आन्दोलन, संविधान कार्यान्वयनको पक्षमा ८ औँ जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सम्पुर्ण बामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरुलाई एक जुट हुन आव्हान गरिएको जिल्ला सम्मेलन आयोजक समितिका संयोजक योगेश भट्राईले जानकारी दिए ।

पार्टीको केन्द्रिय कमिटीमा फुटका कारण आएको हलचल सँगै जिल्लाहुँदै विद्यार्थी संगठनसम्म परेको फुटको असरका बीच सम्मेलनले जिल्लामा संगठनको नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनअघि जिल्लाका सबै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरुमा पुगेर संगठन विस्तारको काम गरिने आयोजक समितिका संयोजक भट्राईले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!