सर्लाहीका नासुविरुद्ध अख्तियारले हाल्यो मुद्दा

Posted on: 17 Nov, 2017

मङ्सिर १, काठमाडौँ (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु ईश्वरीप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार नासु भट्टराई जग्गा रजिष्टेशन पास गरी जग्गाधनी प्रमाणपत्र पूर्जा दिने क्रममा सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ पर्नुभएको थियो । 

अनुसन्धानका क्रममा नासु दाहालले भ्रष्टाचारजन्य गतिविधि गरेको ठहरसहित हदैसम्मको कारबाही र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!