नवलपरासीमा किन आउँछन् हिमाली गिद्धहरु ?

Posted on: 18 Nov, 2017

मङ्सिर २, नवलपरासी | जाडो याम सुरु भईसकेको छ, अब बिस्तारै हिमालबाट नवलपरासीमा हिमाली गिद्धहरु आउने क्रम सुरु भएको छ । यो क्रम जति जाडो बढ्यो उतिनै बढ्दछ । 

हिमाली भेगमा अत्याधिक जाडो बढेपछी जाडो हिमाली भेगका गिद्धहरु आउने गरेका छन् । बिगतका बर्षहरुमा पनि बिभिन्न प्रजातीका गिद्धहरु नवलपरासी आउने गरेका थिए । 

जाडो मौषममा नवलपरासीमा गिद्धहरुको बाक्लो चाप लाग्नुको कारण पनि हिमाली गिद्धकै उपस्थिति हो । यहाँ लोपोन्मुख मानिएको डङ्गर गिद्ध लगायत हिमाली, राज, सेतो र खैरो गिद्धहरु बिस्तारै बाक्लो शंख्यामा देख्न सकिन्छ । 

बिशेष गरि मङ्सिर महिनादेखि हिमालका गिद्धहरु नवलपरासी जाने क्रम सुरु हुन्छ भने माघसम्ममा बाक्लो उपस्थिति रहन्छ त्यसपछि उनीहरु बर्षा सुरु भएपछी मात्र हिमाल फर्कन्छन् । बैशाख, जेठ र असारमा हिमालमै फर्किने गिद्धहरु चिसो मौषममा जब घाम लाग्छ तब एकाएक बाहिर निस्कने गरेका छन् ।

नवलपरासीका स्थानीयहरुलाई पनि जव अरु बेलामा नदेखिने गिद्धहरु जाडो मौषममा छ्याप-छ्याप्ती देखिएपछी अचम्म लाग्ने गरेको बताउँछन् । कतिपयले त गिद्ध हेर्न रमाइलो लाग्ने बताउँछन् । बिभिन्न स्थानका खूला स्थानमा एकाबिहानै घाम ताप्दै गिद्ध चरेको हेर्न खुब रमाइलो लाग्ने एक स्थानीय बताउँछन् । 

प्रकृतिको कुचिकारको रुपमा लिइने गिद्धहरु पछिल्लो समय लोप हुँदै गएकोमा संरक्षणको लागि बिभिन्न प्रयासहरु भएका छन् । 

माथिको तश्विरमा: अति संकटमा रहेका डंगर गिद्धहरु: 

माथिको तश्विरमा: राज गिद्धहरु 

माथिको तश्विरमा: सेतो गिद्ध 

माथिको तश्विरमा: खैरो गिद्ध 

यस बिषयमा तपाइको प्रतिक्रिया...!