साइकलले ज्यान गयो : संवेदनशील अंगमा चोट लागेको प्रारम्भिक अनुमान

Posted on: 18 Nov, 2017

सास । मंसिर २, बर्दिया ।

गुलरियाबाट रासायनिक मल लिएर साइकलमा बारबर्दिया जाँदै गर्दा बाटोमा लडेर एक युवकको ज्यान गएको छ ।


बारबर्दिया नगरपालिका वडा नं. १० का ३५ वर्षीय भदै थारु को गुलरियाबाट मल लिएर जाँदै गर्दा दिउसो साडे तीन बजे गुलरिया नगरपालिका वडा नं. ४ को बगहीमा अचानक लड्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

मल लिन विहान ११ बजेतिर खाना खाएर गएकोमा ३ जना आफन्तसँगै भएर कुरा गर्दा गर्दै आउँदा आउँदै लडेको मृतकका दाजु कुर्कुट थारुले बताउनुभयो । निजको रक्तचाप सम्बन्धि समस्या वा साइकलबाट लड्दा शरीरको सम्बेदनशील अंगमा चोट लागेर ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

अहिले घटनास्थलमा प्रहरीले आवश्यक जाँचबुझ गरी मुचुल्का तयार गरेर शबलाई जिल्ला अस्पतालमा आवश्यक पोस्टमार्टमका लागि पठाइएको छ । पोस्टमार्टमपछि नै मृत्यूको कारणबारे भन्न सकिने पोस्ट मार्टममा संलग्न प्रहरीको भनाई छ ।

यही साइकलबाट लडेर भदैकाे ज्यान गएकाे हाे । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!