ट्याक्टर दुर्घटना हुँदा दोलखामा एक पुरुषको मृत्यु

Posted on: 19 Nov, 2017

ताराबहादुर महत । मंसिर ३, दोलखा । ट्याक्टर दुर्घटनामा परि शनिबार दोलखामा एक पुरुषको मृत्यु भएकोे छ ।

मेलङ गाउँपालिका वडा नम्बर १ पवटीको मानेडाँडामा शनिबार साँझ को २ त ३२५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर साहु सोहि वडामा बस्ने ६५ बर्षिय डम्बर प्रसाद थपलियाको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।

तामाकोशी नदीबाट बालु लिएर पवटी जाँदै गरेको ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल पल्टिएर दुर्घटना भएको प्रहरीको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!