सर्लाहीमा बाबुद्वारा आफ्नै छोरीलाई पटक-पटक बलात्कार !

Posted on: 19 Nov, 2017

मङ्सिर ३, सर्लाही | प्रहरीले सर्लाहीको बागमतीबाट आफ्नै छोरीलाई निरन्तर बलात्कार गर्दै आएका बाबु पक्राउ परेका छन् । 

३६ बर्षीय बाबुले १४ बर्षिया छोरीलाई पटक–फटक बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताएकी छिन् । 

छिमेकीले आफ्नै छोरीलाई करणी गरेको थाहा पाएपछि बलात्कारबारे प्रहरीले जानकारी पाएको थियो । बाबुले आफूलाई पटक/पटक बलात्कार गरेको कुरा कसैलाई भने मारीदिने धम्की दिएको पीडित छोरीले बताएकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!