विचल्लीमा परेका वालवालिकालाई ईजरायलबाट सहयोग

Posted on: 20 Nov, 2017

प्रेम सुनार/मंसिर ४, गुल्मी ।  केहि  हप्ता अघि ओझेलका खवरमा वावु आमा विहिनअर्घाखाँचीका तिन वालवालिकाको विचल्लीको कथा प्रशारण भए पछि ईजरायलमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग पठाएका छन् । 

रुपन्देहीको रुद्रपुर गाउँपालिका वडा नम्वर ५ गर्गरे घर भई ईजरायलमा कार्यरत रितु पौड्यालको सक्रियतामा त्यहाँ स्थित प्रवासी नेपाली समाज ईजरायका सवै सदस्यहरुले जनही सहयोग संकलन गरी ३५ हजार रुपैयाँ  मरेङ्गका गतिला पोखरेका तिन नाती नातिनालाई पठाएका हुन् ।

उक्त रकम क्यानन् ईन्टरनेशनल एजेकेशन, ट्रफिकचोक वुटवलका सञ्चालक वसन्त शर्मा मार्फत पठाईएको हो । ईजरायलमा रहेकी रितु पौड्यालले ति वालवालिकाको विचल्ली सम्वन्धि  ओझेलका खवर युट्युवमा हेरेर आफुले आँशु थाम्न नसकेको बताईन् ।

त्यहाँबाट फोन गरेर उनले भनिन–‘ यहाँको यस प्रवासी समाजका सवै पदाधिकारी र  सदस्यहरु संग कुरा राखेर सवैले सहर्ष स्वीकार गर्दै सहयोग संकलन गरेर उक्त रकम पठाएका हौं । 

पौड्याल र त्यहाँको प्रवासी समाजले यस अघि पनि विपदमा परेका थुप्रै नेपालीहरुलाई सहयोग गर्दै आएका छन् । मरेङ्गका ति वालिवालिकाका वावु आर्थिक भारको तनावमा परेर आत्मा अत्या गरेका थिए भने आमाले छाडेर दोश्रो विवाह गरे पछि विचल्लीमा परेका हुन् ।  उनिहरुको उमेर दुई वर्ष देखि ८ वर्ष सम्मको रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!