डोल्पाका ६६ मदतान केन्द्रमा ४ सय ३० जना कर्मचारि परिचालन

Posted on: 21 Nov, 2017

टेक शाही/मङ्सिर ५, डोल्पा । डोल्पा जिल्लाका ६६ वटा मतदान केन्द्रमा ४ सय ३० जना कर्मचारि परिचालित गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । 

मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६६ जना मतदान अधिकृत,६६ सहायक मतदान अधिकृत, १ सय ६६ जना सहायक कर्मचारि र १ सय ३२ जना कार्यालय सहयोगि परिचालन भएको जनाएको छ । 


माथिल्लो डोल्पा,मध्य र तल्लो डोल्पा गरि तिनवाटा भागमा बिभाजन गरिएको यस जिल्लामा मतदान अधिकृतहरु भने निर्वाचन आयोगको निर्देशन अनुसार गोला प्रर्थाबाट छनौट गरिएको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए । उनका अनुसार माथिल्लो डोल्पा भौगोलिक हिसाबले कठिन भएको र लेख लाग्ने भएकोले कर्मचारि खटनपटनमा स्थानियलाइ पहिलो प्रथामिकता द्रिएको बताए । 

माथिल्लो डोल्पामा स्थानिय पहिलो प्राथमिकतामा परेका छन । त्यसै गरि माथिल्लो डोल्पा जान चाहने कर्मचारिलाइ स्वास्थ्यको अबस्था बुझेर सहमतिमा पठाइएको जिल्ला निर्वाचन कार्यालयले जानकारि दिएको छ ।


तल्लो डोल्पा र मध्य डोल्पाका अन्य सबै मतदान केन्द्रमा अन्य कर्मचारिहरु खटाइएको प्रमूख जिल्ला अधिकारि केशबराजल आचार्यले जानकारि दिए । उनले भने महिला र अन्य स्वास्थ्यमा समस्या भएका कर्मचारिलाइ माथिल्लो डोल्पा नपठाएको र ४० बर्ष भन्दा माथिका कुनै पनि कर्मचारिहरु माथिल्लो डोल्पामा नराखिएको पनि बताए । 

माथिल्लो डोल्पामा भौगोलिक रुपमा कठिन भएको र चिसो अत्याधिक बढेको कारण मतदान केन्द्रमा जाने कर्मचारिहरुलाइ नेपाली सेनाका हेलिकप्टरबाट मतदान केन्द्रमा लगिदै छ । सुरक्षाको हिसाबले अति सम्बेदनशिल मानिएकोले कर्मचारि र सुरक्षा कर्मी हेलिकप्टरबाट लिन लागेको प्रमूख जिल्ला अधिकारी केशबराज आर्चायले जानकारि दिए । उनले भने उच्च हिमाली भेग र पैदल यात्रा कठिन भएकोले नेपाली सेनाको हेलिकप्टर नै प्रयोग गर्नु पर्ने बाध्यता रहेको बताए । 

माथिल्लो डोल्पाका ३ वटा गाँउपालिकामा नेपाली सेनाको टोली पुगि सकेको नेपाली सेनाले जानकारि दिएको छ । त्यसका साथै तल्लो डोल्पाका सबै क्षेत्रमा पनि नेपाली सेना परिचालन भइ सकेको जनाएको छ । आज पहिलो दिन ३ वटा उडानमा सेना र बाकी एक उडान मुकोट र घर्याङका निर्वाचनमा खखटिएका कर्मचारि लगिएको छ । ८ गते सम्म भए पनि सबै कर्मचारि मतदान केन्द्रमा पुग्ने जिल्ला निर्वाचन कार्यालय जानकारि दिएको छ । 

प्राबिधिक कठिनाइको कारण नेपाली सेनाको हेलिकप्टरले भने बमोजिम लोड बोक्न नसक्ने पनि जानकारि दिएको छ । तसकारण माथिल्लो डोल्पाका सबै मतदान केन्द्रमा कर्मचारि पुग्न समय लाग्ने बताएको छ ।तर तल्लो डोल्पामा भने समयमा नै कर्मचारि  पुग्नेछन । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!