भ्रष्टाचार गरेको भन्दै शारदा क्याम्पसमा क्रान्तिकारीले गर्यो तालाबन्दि

Posted on: 21 Jan, 2016

रेडियो तहल्का सल्यान | माघ ७, सल्यान | सल्यान छायाक्षेत्रको शारदा क्याम्पसमा अखिल क्रान्तिकारीले तालाबन्दि गरेको छ ।

शंखमुलमा रहेको उक्त क्याम्पसमा लेखापरिक्षणबाट आठ लाख रुपैयाँ वेरुजु देखिएको भन्दै विप्लव नेतृत्वको माओवादी निकट क्रान्तिकारीले तालाबन्दि गरेको हो । क्याम्पसका लेखापाल लोकराज आचार्यबाट दुरुपयोग भएको रकम मंसिर २ गतेभित्र फिर्ता गर्ने यस अघिको सहमी अनुसार सहमती कार्यान्वयन नभएको भन्दै क्याम्पसमा तालाबन्दि गरिएको हो । अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष कमल वलीले हस्ताक्षर गरेको विज्ञप्तीका अनुसार उक्त रकम असुली नभएसम्मका लागि तालाबन्दि रहिरहनेछ ।

साथै आन्दोलनको विरुद्धमा कसैले ताला तोडेमा त्यसबाट हुने क्षती सम्बन्धीत निकायले लिनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

aaaaaaaaaaaa

यस बिषयमा तपाइको प्रतिक्रिया...!