२७ औँ गाविसको रुपमा धनवाङ खुल्ला दिशामुक्त हुँदै 

Posted on: 21 Jan, 2016

शँकर के सी ।  माघ- ७, सल्यान । सल्यानको धनवाङ गाविस भोलि शुक्रबार जिल्लाको २७ औँ गाविसको रुपमा खुल्ला दिशामुक्त गाविस घोषणा हुँदैछ । कृषि उपज बजार केन्द्र कपुरकोटको प्रांगणमा भोलि एक समारोहका विच खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागीएको खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समीती धनवाङले जनाएको छ ।

गाविसमा रहेका सबै घरधुरिमा सौचालय निर्माण भइ प्रयोगमा आएको पाइएकोले धनवाङ गाविसलाइ सल्यान क्षेत्र नम्बर २ का सांसद् तथा व्यवस्थापीका संसद् अर्थ समीतीका सभापती प्रकाश ज्वालाले खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्यक्रम रहेको समीतीका अध्यक्ष तथा गाविस सचिव टुकाराम ओलिले जनाउनुभयो ।

यसैविच भोलिको कार्यक्रममा स्थानीय र मौलीक कला संस्कृती झल्कने झाँकी, जुलुश, नाच तथा विभिन्न प्रतीभा सहित उपस्थीत भइदिन गाविसभित्र रहेका सम्पूर्ण स्कूल, क्लव, सहकारि, समूह तथा गाविसवासिमा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समीतीका सदस्य सचिव देवेन्द्र कुमार सेनले अनुरोध गर्नुभएको छ ।

सल्यान जिल्लालाइ नै आगामी फागुन महिना भित्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने गरि अभियान चलीरहेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय सल्यानका प्रमुख ध्रुवदेव प्रसाद कुम्हालले जनाउनुभयो । उहाँले यो अभियानमा साथ दिनर सबैले घरघरमा चर्पि बनाइ प्रयोग गर्न सबै जिल्लावासिलाइ अनुरोध गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!