ट्रक र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

Posted on: 22 Nov, 2017

मङ्सिर ६, इलाम । मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय .शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

इलामबाट झापातर्फ गइरहेको मे १ ख १९४२ नं को ट्रक विपरित दिसाबाट आइरहेकोे ग १२ प ४८३ नम्बरको मोटरसाइकल ट्रकमा ठक्कर दिदाँ मोटरसाइकल चालक पौडेलको घटनास्थलमै र सँगै रहेकी राईको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि अनुसन्धानका लागि ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!