एमाले धनवाङको अधिवेशन फागुन १८ गते

Posted on: 10 Feb, 2016

शंकर के.सी./माघ २७, सल्यान । नेकपा एमाले धनवाङ सल्यानले पार्टिको आठौँ गाउँ अधिवेशन आगामी फागुनको १८ गते गर्ने भएको छ ।

कपुरकोटमा सम्पन्न गाउँ कमिटीको अधिवेशन विशेष तयारि बैठकले वृहत रुपमा गाउँ अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । गाउँ कमिटीका अध्यक्ष हरिलाल पुनको अध्यक्षता तथा जिल्ला कमिटी उपसचिव भिम बहादुर सेनको प्रमुख आतीथ्यतामा सम्पन्न बैठकले अधिवेशन सम्पन्न गर्नका लागी विभिन्न उपसमितीहरु पनि गठन गरेको छ ।

यस्तै धनवाङ गाविसभित्र पार्टि स्थापना गर्र्ने क्रममा अतुलनिय योगदान गर्ने संस्थापकहरुलाइ अधिवेशनको अवसरमा भव्य समारोहका विच सम्मान गर्ने निर्णय पनि गरेको छ ।

गाउँ कमिटी सचिव शँकर केसीले सहजिकरण गर्नुभएको बैठकमा संगठीत सदस्यता प्राप्त गरेका सबै सदस्यले फागुन १५ गते भित्रै सदस्यता अनिवार्य रुपमा नविकरण गरिसक्नुपर्ने निर्णय भएको छ ।

बैठकले पूर्व प्रधानमन्त्री शुशिल कोइरालाको निधन प्रती दुख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । गाउँ कमिटी उपाध्यक्ष भुवनेश्वर गौतमको स्वागत मन्तव्यबाट शुरु भएको बैठकमा जिल्ला कमिटी सदस्य तथा धनवाङ गाउँ कमिटी इनचार्ज घनश्याम शर्मा, जिल्ला कमिटी सदस्य जित प्रसाद आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार भुवन ओलि, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय प्रतीनिधी मधुसुदन गिरि लगाएतकाले पनि मन्तव्य राख्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!