सल्यान जिल्ला सभापतिमा फेरी गणेश चन्द बिजयी

Posted on: 19 Feb, 2016

ganesh chandडिल्लीराज रावत/फागुन ७, सल्यान । सल्यानमा कांग्रेसको जिल्ला सभापतिका लागि भएको चुनावमा फेरी पनि गणेश चन्द विजयी बनेका छन ।

१२ औ महाधिवेशनमा सहमतिको सभापति भएका उनि २ सय ७ मत ल्याई विजयी बनेका हुन । उनका प्रतिस्पर्धि केश बहादुर विष्टले १ सय ८९ मत ल्याएका छन । कुल ४ सय २६ मतदाता मध्ये ३ सय ९८ जनाले मात्रै मतदानमा भाग लिएका थिए भने २ मत बदर भएका थिए । चन्दले खसेको मतको ५१ प्रतिशत भन्दा बढि ल्याएकाले उनि विजयी बनेका हुन ।

नेपाली कांग्रेसको माघ २५ मा भएको पहिलो चरणको सभापति निर्वाचनमा संस्थापन पक्षका गणेश चन्द र देउवा पक्षका केश बहादुर विष्टले देउवा पक्षका अन्य ३ जनालाई पछाडि पारेकाले उनिहरु विचमा आज दोस्रो पटक प्रतिष्पर्धा भएको हो ।

देउवा पक्षका एकराज डाँगी र ऋषिकेश जंग शाहा, केन्द्रिय सदस्य डिल्लीराज रेग्मी तथा पूर्व जिविस सभापती ध्रुवराज पुरीले संस्थापन पक्षलाई सहयोग गर्ने जनाए पछि उनले जित्ने पक्का भएको हो । उता केश बहादुर विष्टतिर भने काग्रेशका पुराना नेता पुर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाहाले समर्थन गरेका थिए ।

अधिवेशनका नजिक केश बहादुर विष्टलाई काग्रेशले विभिन्न आरोप लगाएका छन र देउवा प्यानल बढि भएको सल्यानमा हारेका २ उम्मेद्वार सहितले संस्थापनका उम्मेद्वारलाई सहयोग गरेपछि कडा प्रतिस्पर्धा भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!