एमाले गर्पाको अध्यक्षमा नवराज बुढा सर्वसहमत चयन

Posted on: 21 Feb, 2016

फागुन ९, सल्यान । नेकपा एमाले सारपानी गर्पा गाउँ कमिटीको अध्यक्षमा नवराज बुढा चयन हुनुभएको छ । गर्पाको आठौँ गाउँ अधिवेशनले सर्वसहमत रुपमा नयाँ गाउँ कमिटी चयन गरेको हो ।

जसको उपाध्यक्षमा इश्वरि बुढा, सचिवमा तोफाराम डाङी र अन्य सदस्यमा रहनुभएको छ । यस अघि भएको अभिवेशन उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख अतीथी नेकपा एमालेका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाहले पार्टिका आम कार्यकर्ता इमान्दार हुनु पर्ने बताउनुभएको थियो ।

त्यसमा पनि पार्टिको नेतृत्व गर्ने अगुवा कार्यकर्ताको चरित्र स्वच्छ र सबैले अनुशरण गर्न सक्ने खालको हुनुपर्ने इन्चार्ज शाहको भनाइ थियो । कार्यक्रममा एमाले सल्यानका उपसचिव भिम बहादुर सेनले संगठनलाइ सुदृढ बनाउदै एमालेका सबै कार्यकर्ता सिपमुलक तथा उत्पादनमुलक कार्यमा लाग्नुपर्ने बताउनुभयो ।

आँत बलियो भएमा शरिर नै बलियो हुने तर्क गर्दै सेनले गाउँको चौतर्फि विकासका निमीत्त एक ढिक्का हुन जरुरी रहेको बताउनुभयो ।।

- शँकर के सी बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!