रोल्पाबाट छुटेको बस सल्यानमा दुर्घटना, १४ जना घाईते

Posted on: 24 Nov, 2017

अस्मीता गीरी/मंसिर ८, सल्यान । सल्यानमा गाडी पल्टिंदा १४ जना भन्दा बढी घाइते भएका छन् ।

रोल्पाको सुकाओडारबाट सल्यान दमाचौर हुँदै दाङ तुलसीपुरका लागी छुटेको राप्ती सार्वजनीक यातायात व्यवसायी समितीको ना २ ख ८०७७ नम्बरको यात्रुबहाक बस शुक्रबार दिउँसो ३ बजेतिर बरलाको घट्टेखोलामा दुर्घटणा भएको हो । 


करिब २५ जना जति सवार रहेको बसमा केहि गम्भीर घाईते भएका छन् भने केहि सामान्य रहेका छन् । घटणा स्थलमा प्रहरी पुगेकाले घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्यान र श्रीनगर स्थीत विभिन्न अस्पतालमा पुर्याएको छ । 

बस के कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!