नयाँ पोशाकमा तेह्रथुम प्रहरी

Posted on: 12 Apr, 2016

प्रकाश धौलाकोटी, चैत ३०, तेह्रथुम । यसअघि टाटेपाङग्रे कम्ब्याड पोसाकमा देखिने नेपाल प्रहरीले नयाँ वर्ष २०७३ सँगै नयाँ पोशाक प्रयोग गरेका छन् गर्दै छन् । मुलुकभरका नेपाल प्रहरीलाई बैशाख १ गतेदेखि नयाँ पोसाकमा देखिने भएको होे ।

प्रहरीले लगाईरहेको पोशाक परिवर्तन गरी नयाँ वर्षसँगै साधा, गाडा निलो कलरको पोशाक प्रयोग गर्ने भएका हुन् । एकबर्ष अघि प्रहरी पोसाक परिवर्तन गर्ने निर्णय भएपछि नयाँ बर्षको दिन बैशाख १ गतेबाट टाटेपाङग्रे पोसाकबाट प्रहरी सादा पोसाकमा देखिने भएका हुन् ।

तेह्रथुममा भने आजैबाट प्रहरीले यो पोसाक प्रयोगमा ल्याएका जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताउनुभयो । प्रहरीले पोशाक परिवर्तन भएकाले नझुक्किन समेत सर्वसाधारणसँग आग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!