निर्मला र गोपिलालको विषयलाई लिएर सल्यान ठप्प

Posted on: 15 Mar, 2016

चैत्र २, सल्यान । सल्यानमा त्रिवेणी र जिल्ला प्रहरी कार्यालयमा घटेको घटनालाई लिएर सल्यान ठप्प बनेको छ । सोहि घटनालाई लिई अहिले जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलहरु छलफल गरिरहेका छन । लुहाममा सर्वपक्षिय भेला गराई संघर्ष समिति गठन गरी संगठित आन्दोलनमा लागेका पिडितहरुले गरेको बन्दले सल्यानको जनजिवन प्रभावित बनेको हो ।

बन्दका कारण सल्यानको बजार, शिक्षणसंस्था, यातायात प्रभावित बनेका छन । फाल्गुण २२ मा आत्महत्या गरिएकि भनिएकी त्रिवेणी ६ कि निर्मला वि.क.को हत्या नै भएको भन्दै उनिहरुले सोहि घटनामा जोडिएका ५२ बर्षिय गोपिलाल बुढाथोकीको हिरासतमा झुण्डिएर आत्महत्या भयो भन्दै झुण्डिएको कुनैपनि प्रमाण नदिनु प्रहरी प्रशासनको गैर जिम्मेवारीपन भएको भन्दै ५ लाख माग गरेका छन ।

अहिले जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलका नेतृत्व र सरोकारवाला निकायको विचमा छलफल भैरहेको छ । छलफलमा के निर्णय हुन्छ सोहि आधारमा आफुहरुले गतिविधिलाई अगाडि बढाउने संघर्ष समितिका संयोजक खिम बहादुर रावतले जानकारी दिएका छन । आफ्ना माग पुरा नभए आन्दोलनलाई शसक्त पार्ने उनले बताएका छन । लुहाममा सोमबार दिउसो सर्वपक्षिय भेला गरेका उनिहरुले जिल्ला प्रहरी कार्यालयमा पनि मान्छे मारिनु र त्यसको प्रमाण नराखिनु षडयन्त्र भएको आरोप लगाएका छन । उनिहरुका मागहरुमा फाल्गुण २२ मा हत्या आत्महत्या भनिएकी त्रिवेणी ४ बस्ने निर्मला वि।कको नियोजित हत्या गरेकाले निजका हत्याराहरुलाई अनुसन्धान गरि अपराधिलाई कार्वाहि गर्नुपर्ने, त्रिवेणी ६ सिम्कका ५२ बस्ने गोपिलाल बुढाथोकीको जिल्लाकै सुरक्षा अंग मानिएको जिल्ला प्रहरी कार्यालय सल्यानमा पासो लगाई आत्महत्या गरिएको भनिएपनि पासोको कुनै प्रमाण नदेखाई ढाकछोप गर्ने षडयन्त्रमा आपत्ती प्रकट र उक्त रहस्यमय हत्याको सत्यतथ्य छानविन र मृतकका छोराछोरीलाई जीवन यापन गर्नकालागि १० लाख रुपैयाँ दिनुपर्ने लगायत रहेका छन ।

गएको फागुन २२ गते त्रिवेणी ७ पोखरीकी २५ वषिर्या निर्मला विकको रहस्यमय मृत्यु पछि परिवारले जिल्ला प्रहरी कार्यालयमा आत्महत्या गरिएका गोपिलाल र उनकी श्रीमती त्रिवेणी ६ की ३५ वर्षिया मन्धरी बुढाथोकी, त्रिवेणी ४ की २८ वर्षिया मोती खड्का र ४ कै २२ वर्षिया दुर्गा बोहरालाई पक्रेको थियो ।

मृतकका आफन्तलाइ जिल्ला प्रशासन कार्यालयमा बोलाइ प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा नै भएको छलफलमा आफन्तले २२ गते भएको घटनाको वास्तविकता खुलाएका थिए । उनिहरूले घटनाको वास्तविकतालाइ मेटाउन देशका ठुला राजनीतिक दलहरू नै लागेको आरोप लगाउदै त्यसको जवाफ दिन राजनितिक दललाइ पनि उपस्थितीको लागि अनुरोध गरेका थिए । मान्छे मारिनु अनि राजनीतिक रूपमा संरक्षण गरिनुले आफुलाइ झनै शंका उब्जाएको उनिहरूले बताएका थिए । गोपिलालका आफन्तले मृत लाशलाइ बुझेका छैनन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!