बझाङको भोपुर मतदानस्थल नजिकै बम फेला

Posted on: 26 Nov, 2017

सम्राट सिंह/मङ्सिर १०, बझाङ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाको भोपुर मतदान स्थल नजिकै बम फेला परेको छ ।  

आइतबार बिहान जयपृथ्वी नगरपालिका भोपुर मतदान केन्द्र अथवा नेपाली सेनाको ब्यारेक नजिकै बम फेला परेको जिल्ला प्रहरी कार्यालयका डियसपी क्रृषिराम कडेलले बताए । बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको उनको भनाइ छ । 

आज बिहानै मतदान स्थल नजिकै बम फेला परेपछि स्थानिय मतदाताहरुमा त्रास छाएको छ । बम नेकपा माओवादी बिब्लब समुहले राखेको हुनसक्ने अनुमान गरिएको छ । जिल्लामा आज बिहानबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । 

जिल्लाको बुङगल नगरपालिका को कफलसेरीमा पनि बम फेला परेको जानकारी प्राप्त भएपछि नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!