सल्यानमा एसएलसी परिक्षाकेन्द्र सार्वजनिक, ७ हजार ४५ ले सहभागिता जनाउने

Posted on: 24 Mar, 2016

डिल्लीराज रावत, चैत्र ११, सल्यान । सल्यानमा यसबर्षको एसएलसीमा ७ हजार ४५ जनाले सहभागिता जनाउदैछन । जसमा नियमित तर्फ ४ हजार ३ सय ९९ र एक्जाम्टेड तर्फ २ हजार ६ सय ५५ रहेका छन । परिक्षालाई मर्यादित बनाउनलाई जिल्ला शिक्षा कार्यालय सल्यानले विद्यार्थीलाई आफुले अध्ययन गरेको विद्यालयबाट अर्को केन्द्रमा परिक्षा दिने व्यवस्था गरेको छ ।

१७ वटा परिक्षाकेन्द्र रहेको सल्यानमा सबैभन्दा बढि परिक्षार्थीहरु श्री जनता उमावि रागेचौरमा रहेको परिक्षा केन्द्रमा सहभागि हुदैछन । ४ सय ३७ परिक्षार्थी रहेको उक्त परिक्षा केन्द्रमा मर्मपरिकाँडाका मावि गुरुदासे र भैरवी मावि राम्री, कालागाउका सरस्वती मावि झारकाँडा र अरनिको मावि कोटनाउला र स्वीकोटको नारायण माविले सहभागिता जनाउदैछन ।

त्यस्तै सबैभन्दा कम परिक्षार्थीहरु भानुभक्त उमावि दमाचौरको परिक्षा केन्द्रमा रहेका छन । १ सय ३४ परिक्षाथी रहेको उक्त परिक्षा कन्द्रमा त्रिभुवन जनता मावि लेखचौरपानी र लक्ष्मी मावि जयचौरका विद्यार्थीहरुले परिक्षा दिने भएका छन ।

यसबर्षको एसएलसीमा सबैभन्दा बढि भानुभक्त उमावि दमाचौरका २ सय ८२ जना विद्यार्थी सहभागि हुदैछन भने सबैभन्दा कम कृष्ण बोर्र्डिङ्ग स्कुल सल्लीबजारका १० जना सहभागि हुदैछन । त्यस्तै प्राविधिक धारको पढाइ हुने थारमारेको जनकल्याण उमाविका ४० विद्यार्थीले त्रिभुवन जन उमावि लुहापिङ्ग खलंगाबाट परिक्षा दिनेछन भने शित्तलपाटीमा रहेको खुला विद्यालयका १ सय ६४ विद्यार्थीले त्रिभुवन जनता मावि भोटेचौरबाट परिक्षा दिनेछन । यस बर्षकोे एसएलसी आगामी चैत्र १८ देखि हुदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!