सल्यानमा जिप दुर्घटना हुँदा दुई जना घाईते

Posted on: 26 Nov, 2017

इन्द्र बुढाथोकी/मङ्सिर १०, सल्यान । सल्यानमा आइताबार अपराह्न ४ बजेतिर जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

सुर्खेतको छिन्चु देखि सुर्खेतको जामुनेबजारका लागि छुटेको भे १ज ८५२ नम्बरको सानो इको भ्यान जिप सल्यानको बनगाड कुपिन्डे नगरपालिका १ देवस्थलको भेरी पुल नजिकै दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।


घाइते हुनेमा सुर्खेत सिम्तागाउपालिका जामुनेबजार कि अन्दाजी वर्ष २४ कि रिता बस्नेत र सिम्तागाउपालिका घोरेटाका टेक बहादुर हमाल घाइते भएका छन । 

घाइतेलाई स्थानीय मेडिकलमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय देवस्थले जानकारी दिएको छ  । उक्त जिपमा जम्मा ८ जना यात्रु थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!