सल्यानमा विप्लव माओवादीका महिला सडक मर्मत गर्दै

Posted on: 24 Mar, 2016

डिल्लीराज रावत, चैत्र ११, सल्यान । भर्खरै जिल्ला सम्मेलन सकेका विप्लव नेतृत्वको माओवादी निकट सल्यानका क्रान्तिकारी महिलाहरुले जनसेवाको कामलाई ग्रामिण स्तरमा लिएका छन । विहिबार उनिहरुले दमाचौर १ जरालोटेमा रहेको पलाटे हुदै जलेखर्क जोड्ने सडकमा पहिरोले क्षति गरेकाले मर्मतको काम थालेका छन ।

स्थानियबासीको सहभागितामा उनिहरुले सडक मर्मतमा लागेको विप्लव जनाएका छन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को नेतृत्वमा उक्त सडक मर्मत गर्न लागेको संगठनकी जिल्ला अध्यक्ष श्रृजना गिरीले जानकारी दिएकी छन । संगठनकी केन्द्रिय सदस्य हेमन्ता बुढाथोकीको नेतृत्वमा रहेका उनिहरुले ५ दिनसम्म स्थानियबासीसंग मिलेर सडक मर्मत गर्ने जनाएका छन ।

मर्मत कार्यमा नेकपा माओवादी सल्यानका सेक्रेटरी डिल्लीराज शर्मा विश्व, संगठनकी जिल्ला उपाध्यक्ष शिला बस्नेत, राष्ट्रिय युवा जनस्वयमसेवकका जिल्ला अध्यक्ष बलदेव पुन, नेकपा माओवादीका जिल्ला सदस्य थल बहादुर वली, दमाचौरका जनपरिषद् प्रमुख टोप बहादुर केसी, उपप्रमुख हस्तकला केसी लगायतको सहभागिता रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!