बलात्कार पछि बालिकाको हत्या आरोपमा एकजना पक्राउ

Posted on: 28 Mar, 2016

डिल्लीराज रावत/चैत १५, सल्यान । ल्यानमा बलात्कार पछि एक बालिकाको हत्या गरिएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ ।

सल्यान कालागाउ ८, झारकाँडाकी ९ बर्षीया मिना कुमाइको बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले जिमाली ३, तुरतुरेका गोब्लो चलाउनेलाई पक्राउ गरेको हो ।

कालागाउ झारकाँडा माइति भएका गोब्लोले माइतिगाउकी साली नाता पर्ने कुमाईलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको हो । सोमबार दिउसो करिव ३ बजे घरमा कोहि नभएकोबेला बलात्कार पछि हत्या गरेको स्थानिबासीले बताएका छन ।

बलात्कार गरेर भागेका गोब्लोलाई उनको घर नजिकैको जंगलबाट स्थानियबासीले पक्राउ गरेर अस्थायी प्रहरी पोष्ट चोरपानीको प्रहरीलाई बुझाएको प्रहरी इनस्पेक्टर विनोद खड्काले जानकारी दिएका छन ।

हत्या गरेर भागेका उनि कालागाउँबाट आफ्नै गाउमा आएर जंगलतर्फ भागेका थिए । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!