उमावि किमुचौरले नतीजा सार्वजनीक र विद्यार्थीको वार्षिक प्रगती विवरण वितरण गर्ने

Posted on: 10 Apr, 2016
शँकर के सी, चैत्र २८, सल्यान । सल्यानको धनवाङ १ किमुचौरमा रहेको नेपाल राष्ट्रिय उच्च माध्यामीक विद्यालयले यो वर्षको परिक्षाफल भोलि सार्वजनीक गर्ने भएको छ । salyanp भोलि एक कार्यक्रमका विचमा कक्षा शिशु देखि कक्षा ९ सम्मका सम्पूर्ण कक्षाका नतीजा प्रकाशन र विद्यार्थीको वार्षिक प्रगती विवरण वितरण गरिने विद्यालयले जनाएको छ । सो अवसरमा विद्यालयको आगामी वर्षका लागी प्रस्तावित कार्यक्रमका सम्बन्धमा पनि विभिन्न निर्णय गरिने प्राचार्य दामोदर शर्माले जनाउनुभयो । salyanpp भोलि विहान ११ बजे कार्यक्रममा उपस्थीत भइदिन अभिभावक, शिक्षाप्रेमी, समाजसेवि, शिक्षक, विद्यार्थी, राजनीतीक दल, व्यापारि लगाएत सबैमा उहाँले अनुरोध गर्नुभएको छ । विद्युतीय पुस्तकालय, कक्षा कोठामा सिसि टिभी र अंग्रेजि माध्यमको पढाइको व्यवस्था भएको उमावि किमुचौर जिल्लाकै नमुना सामुदायीक विद्यालयको रुपमा चिनिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!