विधुतीय धरापमा परी कांग्रेस उम्मेदवारसहित ७ घाइते, तीन गम्भीर

Posted on: 29 Nov, 2017

मंसिर १३, काठमाडौं । उदयपुरमा बुधबार बिहान एम्बुस विस्फोट हुँदा उम्मेदवारसहित सात जना घाइते भएका छन् ।

दयपुरगढी नगरपालिका-६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् । कार्कीसँगै अन्य दुर्इ जना गम्भीर घाइते भएका छन् भने चार जना सामान्य घाइते भएका छन् ।

कार्की र नेविसंघ नेतृ मिरा कट्वाललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । उनीहरू दुबैको आइसीयुमा उपचार भइरहेको छ । कार्कीको हात तथा आँखामा गहिरो चोट लागेको छ भने कट्वालको खुट्टा क्षतविक्षत छ ।


उम्मेदवार कार्कीसँगै घाइते हुनेमा उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति कटुवाल, गाडीचालक कटारीका ३५ वर्षीय राजन कार्की, धामाया कार्की र प्रहरी जवान कालीदास श्रेष्ठ छन् । गाडीमा सवार सातमध्ये तीन जनाको अवस्था गम्भीर भएको र एक जना सकुशल रहेको प्रहरीले बताएको छ । घाइते सबै कांग्रेस कार्यकर्ता भएको बुझिएको छ ।

प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार बा१५च ७८०६ नंको बलेरो जीपमा सवार कार्कीसहित सात जना नेपालटारबाट कटारीतर्फ जाँदै गर्दा अज्ञात समूहले राखेको एम्बुसमा परेका थिए । 

चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!