निर्मला वि.क. मृत्युको लागि बनेको छानविन समितिले प्रतिवेदन सार्वजनिक गर्यो 

Posted on: 12 Apr, 2016

चैत्र ३०, सल्यान । फाल्गुण २२ मा आत्महत्या गरिएकि भनिएकी निर्मला वि.क. मृत्यु प्रकरणको लागि बनेको स्वतन्त्र छानविन समितिले प्रतिवेदन सार्वजनीक गरेको छ । चैत्र २ मा जिल्ला प्रशासन कार्यालयमा छलफल अनुसार सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयको संयोजकत्वमा बनेको समितिले सात बुदे सुझाव तथा निष्कर्ष निकालेको जनाएको छ ।

समितिको सुझावमा घटना हुनुभन्दा अगाडि पछाडिका कल डिटेलहरु त्यसको अनुसन्धानमा कार्वाही गर्नुपर्ने, अभियुक्त तिनै जनाको भनाईहरुमा संगति नभएकाले पोलिग्राफ टेस्ट गरि साँचो तथा झुटो के बोलेको हो वैज्ञानिक आधारमा परिक्षण हुनुपर्ने, घटनास्थलको छेउछाउमा रगत जस्तै देखिएको रातो पदार्थ तथा फलामे छडमा रहेको फिङ्गर प्रिन्ट लिनुपर्ने जस्ता रहेका छन ।

त्यस्तै जसको शौचालयमा झुन्डिएर आत्म हत्या गरिएको भनिएको हो उसैको वयान फेरिएकोले वैज्ञानिक ढंगले अनुसन्धान हुनुपर्ने, छिमेकीहरुको समेत बयान लिनुपर्ने र निर्मलाको हत्याको प्रकरणमा मुछिएर प्रहरीको हिरासतमा आत्महत्या गरिएका गोपिलाल बुढाथोकी आत्महत्याको विषयमा जिल्ला प्रहरी कार्यालयमा पनि अनुगमन गरेको समितिले हिरासतको सम्पूर्ण भाग बाहिरको ढोकाबाट देखिने हुनुपर्ने पनि बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!