वार्षिक उत्सव समारोहको तयारि पुरा

Posted on: 15 Apr, 2016

शँकर के सी, बैशाख ३, सल्यान । आफ्नो छैठौँ वार्षिकोत्सवको अवसरमा भोलि शनिबार रेडियो कपुरकोट सल्यानले गर्न लागेको वृहत सांस्कृतीक तथा चेतनामूलक कार्यक्रमको तयारि पुरा भएको छ ।

kapurkot fm

जिल्ला स्वास्थ्य कार्यालय सल्यान संगको सहकार्यमा देखाउन लागिएको व्यवस्थीत परिवार सम्बन्धी नाटक तथा अन्य सांस्कृतीक कार्यक्रमको तयारि पुरा भएको रेडियोले जनाएको छ ।

कार्यक्रमका लागी प्राविधिक काम पनि सम्पन्न भइसकेको, कार्यक्रमका लागी कतीपय कलाकार कपुरकोट आइसकेको र बाँकी कलाकारहरु भोलि विहान सम्म आइपुग्ने स्टेशन मैनेजर सन्तोष घर्तीले जनाउनुभयो ।

भोलिको कार्यक्रममा चर्चीत लोक दोहोरि गायीका मुना थापा, चर्चीत मोडल तथा गायक दुर्गेश थापा, चर्चीत र्यापर बादल थापा, लोक दोहोरि गायक प्रेम विवश घर्ती, मोडल लक्ष्मी वोहोरा लगाएत करिव एक दर्जन कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन् । भोलि विहान १० बजे देखि शुरु हुने कार्यक्रममा उपस्थीत भइदिनका लागी रेडियोले सम्पूर्णलाइ अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!