सल्यानमा एक दर्जन बढि एमालेमा प्रवेश

Posted on: 20 Apr, 2016

PRABESHशंकर के.सी./बैशाख ८, सल्यान । नेकपा एमाले धनबाङ ५ सल्यानको जनबर्गिय संगठनहरुको संयुक्त वडा भेला सम्पन्न भएको छ ।

एमाले ५ नम्बर वडा कमिटिका अध्यक्ष शुरेन्द्र वलीको अध्यक्षता तथा एमाले सल्यानका उप सचिब भिम बहादुर सेनको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलाले डिल बहादुर बोहोराको अध्यक्षतामा ११ सदस्यीय युवा संघ वडा कमिटि, भागिराम पाण्डेको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल किसान संघ वडा कमिटि र तिला खड्काको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटि गठन गरेको छ ।

यसैविच सो अवसरमा विभिन्न पार्टि परित्याग गरि एक दर्जन बढि एमालेमा प्रवेश गरेका छन् । एमालेको विचार र नेतृत्व मन परेर आफुहरु एमालेमा प्रवेश गरेको उनीहरुले जनाएका छन् । उनीहरुलाइ टिका अविर लागाइ एमाले सल्यानका उप सचिव भिम बहादुर सेनले पार्टिमा प्रवेश गराउनुभएको थियो ।

सेनले समाजमा बसिसकेपछि जहिले पनि सबैलाइ समेट्ने र सबैको हित हुने काम गर्नुपर्ने भन्दै त्यसको शुरुवात आम एमालेका कार्यकर्ताले गर्नुपर्ने बताउनुभएको थियो ।

वडा कमिटी उपाध्यक्ष गोबिन्द रावतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन भिमा भण्डारीले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!