युवाहरुको नेतृत्वमा खानेपानी मुहानको सरसफाइ

Posted on: 20 Apr, 2016

sarsafaiशंकर के.सी./बैशाख ८, सल्यान । सल्यानको धनबाङ १ किमुचौरमा रहेको दुइ वटा खानेपानीको मुहानमा सरसफाइ गरिएको छ ।

स्टार टू युवा संगठनको अगुवाइमा किमुचौरमा रहेका रोटेपानी खानेपानी मुहान र तेर्छी खानेपानी मुहानको सरसफाइ गरिएको हो । समाज रुपान्तरणका लागि युवाहरु एक हौं, युवा जगतमा बचत गर्ने बानी बसालौं भन्ने मुल नाराका साथ खानेपानीको मुहान सरसफाइ गरिएको संगठनका अध्यक्ष चुडामणि पि.एमले जानकारी दिनु भयो ।

सरसफाइ कार्यक्रममा किमुचौरमा रहेका ७० घरधुरीका उपभोक्तासंगै २० जना युवाहरुको सहभागिता रहेको थियो । संगठनको नयाँ वर्षको दिन बैशाख १ गते उद्घाटन गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!