परीक्षाफल प्रकाशित

Posted on: 01 Dec, 2017

मंसिर १५, काठमाडौँ  । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ÷फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । 

उक्त परीक्षाहरुको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np तथा www.educationkhabar.com मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी तथा ४९४९ मा म्यासेज गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!