बस्तुगत स्थितिले पठन पाठनमा छेकबार लाउंछ: सांसद बस्नेत

Posted on: 24 Apr, 2016

basnetबैशाख,१२, कपुरकोट (सल्यान) । एकिकृत माओबादीका केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले बस्तुगत स्थितिको छेकबारले नै पठन पाठनमा अबरोध गर्ने बताउनु भएको छ । जसका लागि बस्तुगत स्थितिलाइ आत्मसाथ गर्दै गुणस्तरिय शिक्षाका लागि पठन पाठन हुनु पर्ने बताउनु भयो । नेपाल राष्ट्रिय उच्च मा.बि,किमुचौर सल्यानको ५२ औं स्थापना दिबसलाइ बस्नेतले प्रत्येक बिधालयले रचनात्मक तथा बिषयगत रुपमा अध्यापन गराउनु पर्ने बताउनु भयो । जसले गर्दा बिषयगत दक्ष जनशक्तिको उत्पादन हुने र समाजले सम्बन्धित क्षेत्रमा फट्को माने बताउनु भयो । प्रत्येक बिधालयमा बिषयगत अध्ययन अध्यापन बिधालयको संरचनाले पनि प्रभाब पार्ने भएकाले संरचना निर्माण तथा आबश्यक सम्बन्धित शिक्षक आपुर्तिका लागि सबैले ध्यान पुय्राउनु पर्ने बताउनु भयो ।। -  सन्तोष जी

यस बिषयमा तपाइको प्रतिक्रिया...!