सल्यानमा व्याडम्यान्टिन संघ गठन

Posted on: 26 Apr, 2016

बैशाख १४, सल्यान । सल्यानमा खेल सम्बन्धि गतिविधिहरु बढिरहेका छन । केहि दिनमात्रै ३ जिल्लाका खेलाडिका विचमा त्रिपक्षिय क्रिकेट भएको सल्यानमा मंगलबार मान बहादुर मल्लको अध्यक्षतामा १५ सदस्यीय व्याडम्यान्टिन संघ गठन गरिएको छ ।

संघको उपाध्यक्षमा दिपक बुढाथोकी, रामकृष्ण रेग्मी, वीर बहादुर चलाउने, सचिवमा भरत बस्नेत, सहसचिवमा नरेन्द्र शाही र कोषाध्यक्षमा हरि प्रसाद न्यौपाने रहेका छन । त्यस्तै संघका सदस्यहरुमा तिलकराज भण्डारी, अरविन्द कुमार राई, शुसिल पोख्रेल, नेव बहादुर रावत, पुस्कर बस्नेत, हरि वली र निर्मला बुढाथोकी रहेका छन ।

जिल्ला खेलकुद विकास समिति सल्यानका उपाध्यक्ष उपाध्यक्ष सविन हमाल र व्याडम्यान्टिन संघका केन्द्रिय सदस्य हिमाल शाहको विशेष उपस्थितीमा भएको कार्यक्रमको अध्यक्षता जेष्ठ खेलाडि रामकृष्ण रेग्मीले गरेका थिए ।

भेलाले ज्योती सुनार, जित बहादुर गिरी, नेत्र वली, राजेन्द्र बोहरा र नेव बहादुर कवरलाई सल्लाहकार राखेको छ । त्यस्तै सल्यानको श्रीनगरमा व्याडम्यान्टिन ट्रस्ट निर्माणका लागि विभिन्न निकायमा माग गर्ने निर्णय पनि भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!