घरमा आगलागी हुँदा दुई लाखको क्षति

Posted on: 15 Apr, 2016

प्रकाश धौलाकोटी, बैशाख ३, तेह्रथुम । तेह्रथुमको थोक्लुङ–७ स्थित एक घरमा शुक्रबार विहान आगलागी हुँदा करिब दूई लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

भान्सा कोठाबाट विहान करिब ९ बजे अचानक उठेको आगोले घरका सामान, लत्ता कपडा, अन्नपात र अन्य सामानहरु जल्दा दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी करिब एक घण्टापछि स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी चौकी चुहानडाँडाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!